६ मंसिर २०८३, आइतबार

‘मधेस आन्दोलन र माओवादी अतिवादविरुद्ध युवा संघको लडाइँ सफल’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

इटहरी, ८ फागुन । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले स्थानीय निकायको निर्वाचन लामो समयसम्म नहुनुले वर्तमान युवा पुस्तालाई ठूलो घाटा भएको बताएका छन् ।

मधेस आन्दोलन र माओवादी अतिवादको विरुद्धको अभियानको सफल नेतृत्व गरेर युवा संघले सामजिक राजनीतिक विकासमा ध्यान दिएको पुष्टि ।

आइतबार ईटहरीमा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै उनले २०५४ सालमा जन्मेको व्यक्ति अहिले २० वर्षको हुँदा समेत स्थानीय निर्वाचन नहुनुले युवाहरुमा नेतृत्व विकास गराउन राज्य असक्षम रहेको बताए । यस्तो परिवेशमा छिटो निर्वाचनको वातावरण सबैले बनाउन लाग्नुको विकल्प नरहेको उनले बताए ।

त्यस्तै आसन्न स्ववियु निर्वाचनमा देशभरी अनेरास्ववियुको बिजय हुने र अबको शैक्षिक आन्दोलन र बिद्यार्थी आन्दोलनको अगुवाई अनेरास्ववियुबाट मात्र सम्भव रहेको उनले बताए ।

राज्यको दिगो रुपान्तरणका लागि आर्थिक समृद्धि र विकासको अभियानलाई युवा संघले प्राथमिकता साथ अगाडि बढाएको बताए । शिक्षित बौद्धिक युवाहरु युवा संघमा रहेको र यो देश अब युवाहरुको जोश र बुद्धिले मात्र परिवर्तन हुनसक्ने बताए ।

कार्यक्रममा युवा संघ स्थायी कमिटी सदस्य प्रभातविक्रम कटवालले युवा संघ नेपालले युवाहरुको सामजिक राजनीतिक विकासलाई ध्यान दिएर विभिन्न अभियानहरु सञ्चालन गरेको बताए । उनले मधेस आन्दोलन र माओवादी अतिवादको विरुद्धको अभियानको नेतृत्व युवा संघले गरेर यो कुराको पुष्टि गरेको बताए ।

कार्यक्रममा सयौ युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।