नुवाकोट, ८ फागुन । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले सबै पक्षको सहमतिमा संविधानको पूर्ण कार्यान्वयनको वातावरण निर्माण गर्न निर्वाचन मिति घोषणामा ढिलाई भएको बताएका छन् ।
आइतवार नुवाकोटमा अलैंची ब्यबसायी महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले सबै पक्षको सहमतिमा जेठ १५ भित्र स्थानीय निकायको निर्वाचन गर्न सरकार दृढ रहेको बताए ।
‘संविधानका निर्माता कांग्रेस, एमाले र माओवादी केन्द्र संविधान जोगाउन एक हुनुपर्छ’, उनले भने, ‘मधेशी मोर्चाको असन्तुष्टिलाई सम्वोधन गर्ने तर्फ पनि सबै गम्भीर हुनुपर्ने पर्छ ।’
नुवाकोट कांग्रेसका सभापति एवम् सांसद जगदीश्वार नरसिंह केसीले निर्वाचन मिति घोषणामा भएको ढिलाइले आमजनतामा शंका पैदा भएको बताए । उनले सबै पक्षको सहमतिमा जेठमै निर्वाचन हुने बाताबरण बनाउने तर्फ प्रमुख दलहरू गम्भीर हुनुपर्ने बताए ।












प्रतिक्रिया