१९ कार्तिक २०८३, बिहिबार

संविधान कार्यान्वयनका लागि पाँचथरमा अधिकारकर्मीको सडक धर्ना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, ७ फागुन । पाँचथरमा संविधान कार्यान्वयनका लागि अधिकारकर्मीहरुले शनिबार सडक धर्ना दिएका छन ।

धर्ना मानवअधिकार तथा सामाजिक न्याय मञ्च पाँचथरले गरेको हो । धर्नामा सामाजिक न्याय मञ्च सदस्य लगायत केहि सूभचिनतकहरुको सहभागीता रहेका थिए ।

‘संविधान कार्यान्वन आवधिक निर्वाचन, निर्वाचनका लागि नागरिक दवाव अभियान, संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन मिति तुरुन्त घोषण गर’ जस्ता नारा लगाएर धर्ना दिएका थिए ।

फिदिम नगरपालिका गणतन्त्रचोक मेची रामार्गमा एक घण्टा धर्ना गरेका हुन । धर्नापश्चात संस्थाका अध्यक्ष तथा जिल्लाका अग्रज मानव अधिकारकर्मी प्रेम ओझाले कोणसभामा बोलेका थिए ।

ओझाले जनताले लामो समय सम्म निर्वाचित प्रतिनिधि नहुँदा अधिकार बाट बञ्चित भएको बताए । उनले अधिकारका लागी आन्दोलनको बिकल्प नरहेको र गर्ने वर्तमान सरकारलाई चेतावनी दिए ।

सडकमा धर्नाकारी अचानक बसेको देखेपछि बजारका नागरिकले चासो दिएर सहभागिता जनाएका थिए ।