१ कार्तिक २०८३, शनिबार

भारतीय सम्झौताको विरोधमा वैद्य माओवादीले आन्दोलन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhya

काठमाडौं, ४ असोज । माथिल्लो कर्णालीको पीडीए सम्झौता भारतीय कम्पनी जीएमआरसँग गरेको विरोधमा नेकपा–माओवादीले असोज ७ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

राष्ट्रिय हित अनुरुपका प्रावधानहरुसहित सर्वदलीय राष्ट्रिय सहमति कायम गरेर मात्र पीडीए र पीटीए गर्नु पर्ने आफूहरुको मागलाई उपेक्षा गरेको भन्दै अध्यक्ष मोहन वैद्यले शनिबार विज्ञप्ति निकालेर सम्झौताले जलस्रोतमाथिको नेपालकै सार्वभौम अधिकार हनन गरेको दावी गर्नुभएको छ ।

कांग्रेस र एमालेको संयुक्त सरकारले जसरी जबरजस्त पीडीए सम्झौता गरेको भन्दै नेकपा–माओवादीले विरोध गर्दे आएको छ ।

‘असोज ७ गते राजधानी लगायत देशव्यापी विरोध प्रदर्शन लगायत सङ्घर्षका विविध रुपहरु अवलम्बन गर्दै विरोध गर्ने र सङ्घर्षलाई निरन्तरता दिने निश्चित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।