चापागाउँ (ललितपुर), ४ असोज । महानगरीय प्रहरी परिसर ललितपुरले दुव्र्यसनीका कारण ललितपुरमा चोरी तथा लुटपाट बढेकाले नियन्त्रण अभियान सुरु गरेको छ ।
चाडपर्वलाई लक्षित गरी दिउँसोको समयमा घर खाली भएको अवस्थामा हुने चोरी, लुटपाटका घटनालाई नियन्त्रण गर्न परिसरले आफ्ना मातहत कार्यालयबाट विशेष अभियान सुरु गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पवनकुमार गिरीले जानकारी दिनुभयो ।
लागुऔषध दुव्र्यसनीमा लत लागेकाले लागुऔषध तथा नशालु पदार्थ खरिद गर्न घरमा कोही नभएको मोका छोपेर नगद, ल्यापटप, क्यामरा, मोबाइल, गरगहना तथा बहुमूल्य उठाएर लैजाने गरेको र उक्त सामान सस्तोमा बिक्री गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।
सजिलै रुपमा लागुऔषध दुव्र्यसनीका लागि पाउन सकिने औषधि पसलको गतिविधि र लागुऔषध तथा गाँजा पाइने स्थानको खोजी कार्यको तीव्रता दिइरहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।















प्रतिक्रिया