१३ कार्तिक २०८३, शुक्रबार

राणाले चन्दलाई उच्छृंखल र अनियन्त्रित भनेपछि …

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले दुई पार्टी एक भएर ०५१ मा चुनावमा गए पनि चन्द पक्षले उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाएको आरोप लगाए ।

‘०५१ मा दुई राप्रपा एक हुँदा हामी तेस्रो पार्टी भयौँ । दुईपटक सरकारको नेतृत्वमा पनि पुग्यौँ,’ राणाले स्मरण गरे, ‘जब हामी मिल्छौँ जनताले विश्वास गर्छन् । हामी फेरि एक भएका छौँ, अब दुई र दुई मिलेर चार होइन, २२ बन्ने वेला आएको छ, यसका लागि हामी एक हुनुपर्छ । चुनाव जितेर सरकारमा जाने, तर संसद्मा उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाउने जस्तो व्यवहार अब कदापि नदेखाउँ ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राणालगत्तै बोलेका नेता लोकेन्द्रबहादुर चन्दले आरोपको खण्डन गरे । ‘म राणाजीको सहयोगमा प्रधानमन्त्री बनेको हुँ, तर उहाँ (राणा)ले आरोप लगाएजस्तो भएको म मान्दिनँ,’ चन्दले भने, ‘म चारपटक प्रधानमन्त्री भएँ । तपाईंहरूको आशीर्वाद पाए फेरि प्रधानमन्त्री बनुँला ।’