१९ कार्तिक २०८३, बिहिबार

पुराना राजनीतिक शक्ति परिवर्तनका एजेण्डाहरु उल्टाउने षडयन्त्रमाः ऊर्जामन्त्री शर्मा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले स्थानीय तहको चुनावले मात्र क्रान्तिका उपलब्धिहरु संस्थागत हुने धारणा राख्नुभएको छ ।

अखिल क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनु भएको हो । उहाँले स्थानीय तहको निर्वाचनपछि माा नयाँ संविधानले संस्थागत गरेका अधिकारहरु प्राप्त हुने ठोकुवा गर्नुभयो । मन्त्री शर्माले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डाहरु उल्टाउने षडयन्त्र शुरु गरेको भन्दै प्रतिगमनकारी हर्कतहरुलाई ठेगान लगाउन स्थानीय तहको चुनाव जरुरी रहेकोमा जोड दिनुभयो । “पूराना शक्तिहरु विस्तारै संविधानले दिएका अधिकार समेत उल्टाउने कोशिस गर्दैछन ।” मन्त्री शर्माले भन्नुभयो “ स्थानीय तह र प्रदेशको चुनाव मार्फत त्यसलाई परास्त गर्न युवाहरुले दवाव सृष्टि गर्नुपर्छ ।” उहाँले राजनीतिक रुपमा भएका परिवर्तनहरु राज्यको संरचनागत परिवर्तनपछि मात्र व्यवहारमा लागु हुने बताउनुभयो ।

अर्को प्रसंगमा उहाँले उर्जामन्त्रालय मार्फत युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरेको उल्लेख गर्नुभयो । उज्यालो नेपाल अभियानले देशभरका युवाहरुमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको स्मरण गराउदै मन्त्री शर्माले यो अभियान केवल बत्ती बाल्ने कुरा मात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको बताउनुभयो ।

ऊर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले निम्न वर्गका जनताको जीवनस्तर समेत समृद्ध बनाउने सपना बोकेको मन्त्री शर्माको भनाइ छ ।

उहाँले लामो समयपछि हुन लागेको स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गर्न युवा विद्यार्थीहरुलाई आव्हान गर्नुभयो । त्रिचन्द्र क्याम्पसमा अखिल क्रान्तिकारीले केशव रावललाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।