१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कोइराला अबुधावीमा, आइतबार न्युयोर्क पुग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

30

अबुधावी (यूइए),४ असोज । संयुक्त राष्ट्रसंघको ६९ औ महासभामा सम्बोधन गर्न अमेरिकाको भ्रमणमा प्रस्थान गर्नु भएका प्रधानमन्त्री सुशील कोइराला शुक्रबार राती अबुधाबी आइपुग्नु भएको छ ।

उहाँलाई अबुधावी अन्तराष्ट्रिय विमानस्थलमा सयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत धनञ्जय झाले स्वागत गर्नुभएको थियो ।

अबुधावी अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालालाई नेपाली राजदूतावासका कर्मचारी, यूएइमा कार्यरत नेपाली जन सम्पर्क समितिका अध्यक्ष चित्र केसी र कोषाध्यक्ष दीपक भट्ट सहितको प्रतिनिधि मण्डलले स्वागत गरेको थियो ।

प्रधानमन्त्री कोइरालाले राजदूत झासंग राजदूतावासको अबस्था र संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुको अवस्थाको बारेमा चासो व्यक्त गर्नु भएको थियो ।

उहाँले अब नेपालमा विकासले गति लिएपछि यूएइ लगायतका मुलुकमा कार्यरत नेपालीहरु स्वदेशमा फर्कने विश्वास व्यक्त गर्नुभएको थियो ।

राजदूत झाका अनुसार अहिले यूएइमामात्रै झण्डै ४ लाख जति नेपाली कार्यरत छन । अदक्षबाट दक्ष बन्दै गएर राम्रो पारिश्रमिक पाउन थालेका कामदारहरु फर्कन नसक्ने पनि बताउनु भएको थियो ।

प्रधानमन्त्री कोइरालाले शनिबार अबुधावीस्थित नेपाली राजदूताबासमा मध्यपूर्व, पश्चिम एशिया र उत्तरी अफ्रिकी मुुलुकहरुमा कार्यरत नेपाली राजदूतहरुसंग ती देशमा भएका कामकारबाहीका सम्बन्धमा जानकारी लिने कार्यक्रम छ ।