१३ कार्तिक २०८३, शुक्रबार

पृथकतावादी सीके राउतका समर्थक सहभागी कार्यक्रममा गृहमन्त्री प्रमुख अतिथि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेपालका लागि भारतीय पूर्वराजदूत शिवशंकर मुखर्जीले नयाँ नेपालमा मधेस पुरानै रहोस् भन्ने मान्यता व्याप्त रहेसम्म नेपालमा प्रजातन्त्र संस्थागत नहुने चेतावनी दिएका छन् ।

जनकपुरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराजदूत मुखर्जीले अहिले नेपालको राजनीतिमा नयाँ नेपाल बनोस् भन्ने चाहना भए पनि मधेस पुरानै रहोस् भन्ने मानसिकता व्याप्त रहेको र त्यो कहिले सम्भव नहुने धारणा राखेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनले वर्तमान राजनीतिप्रति इंगित गर्दै भने, ‘नेपालका जनतामा असन्तुष्टि व्याप्त छ। संविधानमा मधेसीको मुद्दालाई सम्बोधन गरिएको छैन। यस्तो अवस्थामा लोकतन्त्र संस्थागत गर्न गाह्रो छ ।’

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथि र भारतीय राजदूत रञ्जित रेसमेत उपस्थित कार्यक्रमको आयोजना पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउत रिहाइका लागि लबिङ गर्दै आएका पूर्वराजदूत विजयलाल कर्णको संस्था जागृत नेपालले गरेको थियो ।

कार्यक्रममा रेले नेपाल मामिलाबारे खुलेर नबोले पनि मधेसी आन्दोलनले तीव्रता पाउँदा नेपालमा राजदूत रहेका मुखर्जीले भने नेपाली राजनीतिक विषयमा खुलेरै धारणा राखेका थिए ।

उक्त द्विदिवसीय छलफलमा सहभागी भारतीय राजदूत रेले नेपालको राष्ट्रियताको सवालमा आफूले टिप्पणी गर्न गाह्रो हुने बताए पनि नेपालमा रहेको विविधतामा एकता नारालाई सार्थक कसरी बनाउने भन्ने चुनौती औंल्याए ।

राजदूत रेले भने, ‘नेपालमा व्याप्त विविधता समेटेर राष्ट्रिय पहिचान कायम गर्नु अहिलेको आवश्यकता हो ।’

उनले दुई देशबीचको सम्बन्ध सुदृढीकरणका लागि संयुक्त सीमा विकास कार्यक्रमको अवधारणा अघि बढाउन आफूहरू प्रयत्नरत रहेको बताएका थिए ।

सीमाक्षेत्रका समस्यालाई पहिचान गरी निराकरण गर्नेतर्फ भारत लागिपरेको र त्यसकै उदाहरणका रूपमा हुलाकी राजमार्गको निर्माण, जनकपुर–बर्दिबास रेलसेवा विस्तारसहितका कार्य भइरहेको रेको भनाइ थियो ।