१९ कार्तिक २०८३, बिहिबार

हरिवनमा पेस्तोलसहित एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ५ फागुन । हरिवन–५ बस्ने २४ बर्षीय सरोज सिंहलाई प्रहरीले बिहीबार कटुवा पेस्तोल १ थानसहित पक्राउ गरेको छ ।

धनकौल–२ स्थित बिरेन्द्र ठाकुरको घरमा सिंहले कटुवा पेस्तोल देखाई लुटपाट गर्न खोजेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरकटवाबाट खटिएको प्रहरी टोलीले निजलाई बेचालु अवस्थामा रहेको गोली नभएको उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।