१९ कार्तिक २०८३, बिहिबार

स्ववियुका लागि धौलागिरी क्याम्पसमा वामपन्थी संगठन एक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रबिना बोहरा

बागलुङ, ४ फागुन । बागलुङको धौलागिरी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनलाई केन्द्रीत गरेर तीन बामपन्थी संगठन एक भएका छन् । एकतावद्ध भएका तीनवटा वामपन्थी विद्यार्थी संगठनहरु यतिबेला संयुक्त चुनावी अभियानमा सक्रिय भएका छन् ।

स्ववियु निर्वाचनका लागि नेकपा एमाले समर्थित अनेरास्ववियू, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले निर्वाचनमा एकता गरी अगाडि बढेका हुन् ।

तीन विद्यार्थीे संगठनका बीच सहकार्य गरेर अखिल संयुक्त प्यानलनै निर्माण गरेका छन् । सोही आधारमा निर्वाचन केन्द्रीत भेला गर्दै आएका छन् ।

बुधबार मात्रै शिक्षा शास्त्र संकाय तर्फको भेला सम्पन्न गरेका छन् । भेलाले लक्ष्मण पौडेलको अध्यक्षतामा ६५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा सावित्रा क्षेत्री, सचिव बिमा जोल्मी, सहसचिव लेनिसा घर्तीमगर, कोषाध्यक्ष कमला चालिसे रहेको अनेरास्ववियू बागलुङका प्रचार विभाग प्रमुख रोशन जिसीले जानकारी दिए ।

भेलामा बोल्ने वक्ताहरुले वैज्ञानिक प्राविधिक र जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको भन्दै स्ववियु निर्वाचनमा अखिल संयुक्तको विजय सुनिश्चित रहेको दावी गरेका थिए ।

फागुन १४ गतेका लागि तोकिएको निर्वाचनमा वामपन्थी विद्यार्थीहरुलाई विजयी गराउनका लागि सबै विद्यार्थीहरुलाई अखिल संयुक्त प्यानलका तर्फबाट आव्हान समेत गरेका छन् ।