२९ आश्विन २०८३, बिहिबार

आर्थिक विकासका लागि स्पष्ट नीति आवश्यकः अर्थविद्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2काठमाडौँ, ३ असोज ।  मुलुकको समग्र आर्थिक विकासका लागि स्पष्ट नीति  र  सबैको सहकार्य आवश्यक रहेको अर्थविद तथा सरोकारवाहरुले जोड दिएका छन् ।

कोक्यापले शुक्रबार राजधानीमा आयोजना गरेको ‘समतामुलक समृद्ध नेपालको आर्थिक मार्गचित्र’ अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा अर्थविद् विश्वम्भर प्याकु¥यालले राजनीतिक दलहरुले आर्थिक समृद्धिको नीतिलाई प्रष्ट मुद्दा बनाउनु पर्नेमा जोड दिनुभयो ।

पूर्व अर्थ सचिव रामेश्वर खनालले आर्थिक समृद्धि विना नयॉ नेपाल निर्माण हुन नसक्ने दाबी गर्नुभयो ।
माग्ने संस्कारले देश नचल्ने भन्दै उहाँले देशले आफ्नै खुटामा उभिने आर्थिक नीति अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले राजनीतिुक पारदर्शितामा  बढि केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो ।

राजनीतिक पारदर्शिता नभएसम्म मुलुकको समग्र विकास हुन नसक्ने उहाँको दाबी थियो ।

कृषिविज्ञ डा कृष्ण पौडेलले आर्थिक विकासका मुद्दा पहिचान गरी विकास निर्माणमा लागू नगरेसम्म मुलुकको आर्थिक विकासमा बाधा पुगिरहने बताउनुभयो ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले राजनीतिक परिर्वतनका मुद्दालाई राजनीतिक दलहरुले वेवस्ता गरेकै कारण मुलुक आर्थिक रुपमा अगाडि बढ्न नसकेको बताउनुभयो ।

मानव अधिकारकर्मी तथा कोक्यापका पूर्व अध्यक्ष डा. दिनेश प्रसाई, केशकुमारी परियार, महावीर पुन, कोक्यापकी अध्यक्ष उषा बरुवाललगायतले पनि बोल्नुभएको थियो ।  ,

दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा आर्थिक क्षेत्रका बिभिन्न १३ विधामा छलफल गरी सरोकारवालाहरू र राजनितिक दलहरू समक्ष दस्तावेज पु¥याउने तयारी भएको छ ।

सम्मेलनको पहिलो दिन कार्यशालाको कार्यपत्र विभिन्न प्रस्तोताहरुले प्रस्तुत गर्नुभएको थियो ।  डा. चन्द्रमणी अधिकारले संघीय गणतन्त्र नेपालको आर्थिक विकासको भावी रणनीति,  सुरथ गिरीले समष्टिगत आर्थिक वित्त नीतिहरुको अग्रगामी सोचमा र डा. राजिब दाहालले पर्यटन विकासका नयॉ आयामहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

चीन भारतको आर्थिक समृद्धिबाट लाभ लिने भूपरिवेष्ठित नेपाललाई बजार परिवेष्ठित नेपाल बनाउन अवलम्बन गर्नुपर्ने उपाहरु विषयमा डा. निश्चलनाथ पाण्डे र कर्णालीको विशेषता र आर्थिक विकासका सम्भावनाहरुमा टिका भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।