काठमाडौ, ३ फागुन । अनुसन्धान बिभागको असई बनाइदिन्छु भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले
कञ्चनपुर पिपलाडिन ५ का दिपेन्द्र कार्कीसहित केहि व्यक्तिलाई राष्ट्रिय अनुसन्धान बिभागको असईमा जागीर लगाइदिने प्रलोभनमा ठगी गर्ने मोरङ बेलबाडीका प्रेम पुरीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई झापाको काँकडभिट्टाबाट पक्राउ गरेको छ । उनले जागीर लगाइदिने भन्दै प्रतिव्यक्ति २ देखि ७ लाखसम्म असुलेको प्रहरीले जनाएको छ । उनले पछि नियुक्तिपत्र दिन नसकेपछि पीडितहरु प्रहरीको शरणमा पुगेका थिए ।
आरोपी पुरीले अरुलाई विश्वासमा पार्न जिविस सप्तरीको राजविराजस्थित कार्यालयबाट दजारी भएको गाविस सचिवको नक्कली स्थाई नियुक्तिपत्र दिँदै हिडेको तथा आइएमईबाट मात्र पैसा लिने गरेको भेटिएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया