१३ कार्तिक २०८३, शुक्रबार

एआइजी बढुवामा पनि चलखेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । आइजीपी बढुवा बिबाद नटुंगिदै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजी बढुवामा पनि चलखेल सुरु भइसकेको छ ।

आइजीपी बढुवामा जस्तै सरकारले आर्थिक चलखेलको आधारमा एआइजी बढुवाको तयारी गरेपछि डिआइजीहरू दौडधुपमा लागेका छन् । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

नेपाल प्रहरीको नियमावलीमा अहिलेको एआइजीहरू अवकाश पाएपछि तीन जना मात्र एआइजी रहने प्रवधान राखेको छ ।

तर, दरबन्दी बढाएर एआइजी थप्न डिआइजीहरू लबिङमा लागेका छन् । तर, तीन वटा मात्र एआइजी हुँदा आइजीपी बढुवाको प्रतिस्पर्धामा रहेका सिनियर टोलीका मात्र अटाउने छन् ।

त्यसकारण देवेन्द्र सुवेदी, केशरी घिमिरे, बिजय भट्ट, माधव नेपाल, पशुपति उपाध्याय, कमलसिंह बमलगयतका डिआइजीहरू दरबन्दी थपेर एआइजी बन्ने दौडमा लागेका छन् ।