१३ कार्तिक २०८३, शुक्रबार

म सफल भए : अर्याल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । बिदाई कार्यक्रममा आइजिपी उपेन्द्रकान्त अर्यालले आफू आईजीपीका रुपमा सफल भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले आफु संगठनको अनुहार भएको र संगठनका अन्य अंगहरुले राम्रो काम गर्दा आफू सफल भएको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, पछिल्लो समय प्रहरीमा देखिएको हस्तक्षेप्रति ब्यंग्य गर्दे उनले भने, ‘आफ्नै भविष्यको बारेमा अन्योलग्रस्त प्रहरीले कसरी मुस्कानसहितको सेवा दिन सक्ला ? सम्बन्धितको चेत कहिले खुल्ला ?’

प्रहरीको सबैभन्दा ठूलो पूँजी नागरिकको बिश्वास भएको बताउदै उनले भने, ‘प्रहरी पनि यही समाजको ऐना हो, आकृती नै धमिलो छ भने छाया पनि धमिलो देखिन्छ ।’

प्रहरीमा तीन वर्षको कालखण्डमा कर्तव्यनिष्ठ भएर काम गरेको र यो अवधि आफ्नो आफ्नो मानसपटलमा सधैं जिवन्त रहेने उनले बताए । तर प्रहरीमा बढेको राजनीतिक चलखेलप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

संगठनका सदस्यहरुबीच भातृत्वभाव र एकता बलियो भए मात्र नेपाल प्रहरी बलियो हुने उनको भनाई छ ।

‘केही दोष हाम्रो पनि छ । हाम्रो जनशक्तिको समस्या हामीले समाधान नगरेमा उसले अनेक बाटो रोज्नु स्वभाविक हो’, उनले भने,‘तर, केबल व्यक्तिगत स्वार्थ र लोभका लागि संगठनलाई अनिर्णयको बन्दी बनाउने सोचले संगठनलाई कदापी भलो गर्देन ।’

उता सोमबार नै सशस्त्र प्रहरीका महानिरीक्षक दुर्ज कुमार राईले पनि अवकाश पाएका छन् । सशस्त्र प्रहरी मुख्यालयमा नवनियुक्त आईजीपी सिंहबहादुर श्रेष्ठले राईको बिदाई गरेका छन् ।