
काठमाडौं, २ फागुन । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर मंगलबजार क्षेत्रबाट लागूऔषध कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ ।
मंगलबजार क्षेत्रलाई लागूऔषध खरिदविक्री क्षेत्र बनाउने उद्देश्यका साथ थालिएको अपरेसनका क्रममा उनीहरुलाई लागूऔषध सहित पक्राउ गरिएको हो ।
प्रहरीले ललितपुर उपमहानगरपालिका–१८ गाबहालका २५ वर्षीय विवेक बज्राचार्य, मकवानपुर सरिखेल पलासे घर भई ललितपुर चापागाउँ बस्ने २८ वर्षीय प्रदिप थिङ्ग, मकवानपुर कालिकाटार घर भई ललितपुर सातदोबाटो बस्ने वर्ष २८ कै मनोज मोक्तानलाई पक्राउ गरेको छ ।
त्यस्तै, इलाम गलगाछी घर भई भक्तपुर कटुन्जे बस्ने ५५ वर्षीया प्रमिला लामा, मकवानपुर पालुङ घर भई ललिपुर बालकुमारी बस्ने ५३ वर्षीय राम ढकाल, ललितपुर सौगल बस्ने ३७ वर्षीय विकास महर्जन र काठमाण्डौं किर्तिपुरका २८ वर्षीय एकान्त महर्जन पक्राउ परेका छन् ।
उनीहरुको साथबाट प्रहरीले फेनारागन एम्पुल २०९, नुर्फिन एम्पुल १७८, डाईजाल्याप एम्पुल २१५ समेत गरि जम्मा एम्पुल ६०२ र क्लोजेप ट्याब्लेट्स २२० थान सहित लागु औषध बरामद गरेको छ ।
लागूऔषध ओसारपोसारमा प्रयोग भई आएको बा २३ प १४२ नंं. को मोटरसाईलक समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि अवैध लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया