२९ आश्विन २०८३, बिहिबार

ग्लोबल आइएमइको बार्षिक साधारण सभा असोज २९ गते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

global-bank

काठमाडौं, ३ असोज । ग्लोबल आइएमइ बैंकको असोज २९ गते आठौं बार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारण सभामा २१ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभाँशको प्रस्ताव लैजादै छ । बैंकको सभा विरगन्जको होटेल भिस्वामा हुने भएको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश पाउने अन्तिम दिन असोज आठ गते रहेको छ । बैंकको बुक क्लोज असोज १० गतेबाट हुने उल्लेख छ । बैंकको बोनस सेयर पारित भएपछि चुक्तापूँजी पाँच अर्बभन्दा बढि हुने छ ।

अहिले बैंकको चुक्ता पुँजी चार अर्ब १४ करोड छ । २१ प्रतिशत वोनसपछि पुँजी पाँच अर्ब एक करोड रुपैयाँ पुग्ने छ ।

हाल बैकंले करिब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ८४ शाखा र ८१ एटिएमर्माफत पाँच लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।