
मोरङ, २ फागुन । सुनसरी धरान–८ बाट प्रहरीले एक जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । धरानको भृकुटीमार्ग बस्ने २३ बर्षीय मन्जित बिकलाई भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले लुपिजेसिक २१ एम्पुल, डाईजेल्याब २१ एम्पुल, एभिल २० एम्पुल र फेनारगन ५ एम्पुल बरामद गरेको छ ।
बिराटनगर–२१ भन्सार कार्यालय बिराटनगर १ नम्बर ढाटस्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा प्रहरीले उनीमाथि चेकजाँच गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया