३१ आश्विन २०८३, शनिबार

अर्घाखाँची सेवा समाज कतारको जिम्मेवारी परियारलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज थापा

कतार । अर्घाखाँची सेवा समाज कतारको दशौं नियमित बैठक कार्यबाहक अध्यक्ष ठाकुरकुमार परियारको अध्यक्षतामा विभिन्न निर्णय गरेर सम्पन्न भएको छ ।

मुन्तजा पार्कमा सम्पन्न बैठकको सहजिकरण उपाध्यक्ष केदार भुसालले गरेका थिए । बैठकले समाजका कार्यबाहक अध्यक्ष परियारलाई अध्यक्ष र सचिव टेकराज थापालाई महासचिवमा पदोन्नती गरेको छ ।

समाजले अर्घखाँची जिल्लामा एम्बुलेन्स सन्चालन गर्नको लागि सशक्त रुपमाअघि बढने निर्णय गरेको छ । नेपाली नयाँ वर्षको अबसरमा शुभकामना आदानप्रदान गर्ने निर्णय पनि समाजले गरेको छ ।

बैठकमा प्रमुख सल्लाहाकार क्रान्ति सिंह, बिशेष सल्लाकार जीतेन्द्र पाण्डे, सल्लाहाकार बेदराज अधिकारीका साथै संस्थाका निर्बतमान महासचिव केशब भुसाल लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा कतारमा रहेका जिल्लाबासीहरुको समस्या पहिचान र समधानका उपायहरु, जिल्लामा गर्न सकिने भाबी योजनाहरु र बिगत केही समयदेखि सामाजिक सन्जालमा आएका विषयमा छलपmल गरिएको थियो ।