१३ कार्तिक २०८३, शुक्रबार

टीकाटालो गर्नै लाग्दा युवतीसँग समूहिक बलात्कार, भिडियो पनि बन्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २ फागुन । कपिलवस्तु पकडी क्षेत्रमा विवाहका लागि टीकाटालो गर्ने तयारीमा रहेकी एक युवतीलाई सामूहिक बलात्कार गरिएको छ ।

बलात्कारमा संलग्न व्यक्तिले बलात्कार गर्दै गरेको भिडियो खिची इन्टरनेटमा अपलोडसमेत गरेको पाइएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

टीकाटालोको एक दिनअघि १७ वर्षीया ती युवतीलाई खेतमा लगी सामूहिक बलात्कार गरिएको हो । सोमबार उनको टीकाटालो हुँदै थियो ।

लुम्बिनी अञ्चलका एसएसपी दिपक थापाले सो घटनामा ६ जना युवाको सहभागिता रहेको भन्दै दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिद छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ ।