
फागुन १, सल्यान । सल्यानमा बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म ११ जवरजस्तीकरणीका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रहरीका अनुसार माघ महिनामा मात्रै तीन बलात्कारका घटना दर्ता भएका छन् । बलात्कार गरेको आरोपमा प्रहरीले धनवाङ ९ गाडापानीका ७४ वर्र्षीय जीबलाल बोहरा, झिम्पे ८ चौरडाँडाका २५ वर्र्षीय अम्मर विक र दर्माकोटका पहलमान ओलीलाई प्रक्राउ गरेको छ ।
आर्थिक वर्ष २०७१÷०७२ मा १, आ.व. २०७२÷०७३ मा ६ र चालु आ.व. २०७३÷०७४ को सात महिनाको अवधिमा ११ बलात्कारका घटना दर्ता भएका छन् । तीन वर्षको अन्तरालमा बलात्कारका घटना दुई गुणाले वृद्धि भएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगार, सामाजिक सञ्जालको दुरुपयोग, बढ्दो सहरीकरण तथा पश्चिमा संस्कृतिको प्रभावका कारण बलात्कारका घटनामा वृद्धि आइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो ।
उहाँले पहिले पनि यस्ता प्रकारका घटना हुने गरेको भएपनि प्रचारमा मात्रै नभएको बताए । लागु पदार्थ दुरव्यवसनी, चोरी डकैटीलगायतका कारण बलात्कारका घटना न्यूनिकरण गर्न चुनौति थपिएको बताउनुभयो ।












प्रतिक्रिया