क्वालालम्पुर, १ फागुन । श्रममन्त्री सुर्यमान गुरुङले आफू श्रममन्त्री नभएर शरम (लज्जा) मन्त्री भएको बताएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै मन्त्रालयबारे असन्तुष्टी ब्यक्त गरेका छन् ।
बैदेशिक रोजगारीलाई प्रभाबकारी बनाउन नसक्नु लज्जास्पद भएको स्वीकार गर्दै उनले दलालहरुद्वारा श्रम मन्त्रालयलाई घेराबन्दी पार्ने काम खुलासा पारे । पहिले पनि बैदेशिक रोजगारी बारे आफुले विभिन्न खाले समस्या सुन्दै आएपनि अहिले आफूले वास्तविकता देखेको बताए ।
आफू मन्त्री भइसकेपछि अनलाईनबाट श्रम स्वीकृती लिने प्रक्रिया सुरु गरेको बताउंदै मन्त्री गुरुङले दलालप्रति ईंगित गर्दै यस कामले कतिपयलाई निन्द्रा लाग्न छोडेको बताए । युवा जनशक्ति विदेश पठाउने काम आपूmलाई पटक्कै मन नपर्ने भएपनि घुमिफिरी भागमा श्रम मन्त्रालयनै आईपुगेकोप्रति असन्तुष्टि जनाए ।
मलेसियाबारे बिबादहरु धेरैनै भएको बताउदै मन्त्री गुरुङले मलेसियालाई कामदार दिने – नदिने भन्नेबारे सरकार सोच्न बाध्य भएको बताए । शनिबार मलेसिया पुगेका मन्त्री गुरुङले मंगलबार मलेसियाका समकक्षी रिचर्ड रियोट्सँग भेटवार्ता गर्ने कार्यक्रम् छ ।
कल्याणकारी कोष स्थापना
मलेसियामा रहेका नेपाली कामदारको हितका लागि एक कल्याणकारी कोषको स्थापना गरिएको छ ।
मलेसिया भ्रमणमा रहेका श्रम तथा रोजगार मन्त्रिको उपस्थितीमा कोषको स्थापना गरिएको हो । कोष स्थापना गरेर गैह्र आवासीय नेपाली संघ मलेसियाले सह्रानीय काम गरेको भन्दै श्रममन्त्री सुर्यमान गुरुङले बैदेशिक रोजगार सम्बन्धि कुनै पनि समस्या परे सिधै श्रम मन्त्रालय अथवा आफ्नो संम्पर्कमा आउन सबैमा आग्रह गरे ।
सञ्चालनमा ल्याईएको कोषमा झण्डै १० लाख रुपैया संकलन भएको छ । संघका पूर्व अध्यक्ष शंकरबहादुर पौडेलको संयोजकत्वमा कोष सञ्चालनमा ल्याइएको हो ।
















प्रतिक्रिया