
कतार, १ फागुन । अर्घाखाँची सेवा समाज कतारको अध्यक्षको जिम्मेवारी ठाकुरकुमार परियारलाई दिइएको छ । समाजको दुई दिनअघि बसेको बैठकले कार्यबाहक अध्यक्ष परियारलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
यसअघि सचिवको जिम्मेवारीमा रहेका टेकराज थापालाई महासचिवमा पदोन्नती गरेको छ । समाजले जिल्लामा एम्बुलेन्स सञ्चालन गर्न शसक्त रुपमा अघि बढ्ने निर्णय समेत गरेको हो ।
त्यस्तै, आउने नेपाली नयाँ बर्षको अवसरमा शुभकामना आदान–प्रदान कार्य गर्ने निर्णय समेत गरेको महासचिव टेकराज थापाले जानकारी दिए ।
बैठकमा कतारमा रहेका जिल्लाबासीको समस्या पहिचान र समाधानका उपायहरु, भाबी योजना लगायतका बारेमा पनि छलफल भएको छ । बैठकमा प्रमुख सल्लाहकार क्रान्ति सिंह, बिशेष सल्लाकार जीतेन्द्र पाण्डे, बेदराज अधिकारीलगायतको सहभागिता रहेको थियो ।















प्रतिक्रिया