भक्तपुर, १ फाल्गुन । एक महिलाले आफ्नो पतिको यौन सन्तुष्टि पूरा गराउन छिमेकी बालिकालाई बलात्कार गर्नमा सहयोग गरेकी छन् । भक्तपुरको अनन्तलिंगेश्वर ७, सिरुटारकी ३५ वर्षीया राधाजंगम कायस्थले पति ४० वर्षीया पति राजकृष्ण कायस्थलाई १४ वर्षीया बालिका बलात्कार गर्नमा सहयोग गरेकी हुन् ।
सागरनाथ ७, सर्लाही घर भई सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत स्मरण क्षमता कम भएकी बालिकालाई ललाईफकाई बलात्कार गरिएको प्रहरीले जनाएको छ ।
बालिका बलात्कारको आरोपमा प्रहरीले शनिबार पतिपत्नीलाईनै पक्राउ गरेको छ । राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको महानगरीय प्रहरी वृत्त ठिमी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । पक्राउ परेकी राधाजंगमले पतिको आवश्यकता पूरा गर्न बालिकालाई पैसा दिएर यौनसम्पर्क गराएको स्विकारेकी छन् ।
गत मंसिर २१ गते साँझ ७ बजे राधाजंगमले टीभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ बालिकालाई घरमा ल्याएर राजकृष्णको जिम्मा लगाई बाहिरबाट चुकुल लगाएकी थिइन् ।
कायस्थले परिवार तथा गाउँमा हल्ला नगर्न पटकपटक धम्की दिँदै आएको पीडित बालिकाका परिवारले बताएका छन् । पक्राउ परेका दुवैलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।












प्रतिक्रिया