२९ आश्विन २०८३, बिहिबार

सात किलो सुन चोर्ने नेपाली पक्रन भारतीय प्रहरी घरै आइपुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sun-tasari

डडेल्धुरा । गत हप्ता भारतको कर्नाटकबाट चोरी गरी बझाङ पुगेका धमेना गाविस २ रुपातोलाका लालबहादुर धामीलाई पक्राउ गर्न भारतीय प्रहरी बझाङ आइपुगेको छ ।

भारत कर्नाटकको जयनगरबाट घरमालिक रामचन्द्रको घरबाट धामीले ७ किलो सुन चोरेर नेपाल आएको भारतीय प्रहरी निरिक्षक राजबिन्द्राले बताए ।

भारतीय प्रहरी निरिक्षक राजबिन्द्राको नेतृत्वमा आएको ४ सदस्यीय प्रहरी टोलीले धामीलाई पक्राउ गर्न सहयोग मागेपछि जिल्ला प्रहरी कार्यालय बझाङको टोली पनि उनको खोजतलासमा सक्रिय भएको प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले बताए ।

यद्यपि चोरी अभियोग लागेका धामी भने अझै फेला परेका छैनन् ।