चन्द्रौटा, १ फागुन । नेकपा माओवादी केन्द्र शिवराज नगरपालिकाको नगर सम्मेलनले चुराबहादुर खडका (जीवन) को नेतृत्वमा ५१ सदस्यीय नगर समिति गठन गरेको छ ।
नगर समितिको उपाध्यक्षमा द्रोणबहादुर पुन, सचिवमा पुष्कर बञ्जाडे, सहसचिवमा बस्नेत कुर्मी, कोषाध्यक्षमा गीता भण्डारी सहित १७ सदस्यीय सचिवालय समिति सहित नगर समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले २७ वैकल्पिक सदस्य समेत चयन गरेको छ ।
कार्यक्रममा पोलिटव्युरो सदस्य माधव शर्माले जेठ भित्रै स्थानीय निकायको चुनाव हुने उद्घोष गर्नुभयो । स्थानीय निकायमा माओवादी केन्द्रले राम्रो स्थान हासिल गर्ने समेत दाबी गर्नुभयो । जनताको लागि काम गर्ने पार्टी रहेकोले विश्वास गुमाउने जस्तो कार्य कसैले गर्न नहुने शर्माले बताउनुभयो । शर्माले नया नगर समितिलाई वधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा भानु श्रेष्ठ, कमल चुँदाली, रामप्रकाश शाह, विष्णु शाह, सन्तोषी पाण्डे लगायतले नयाँ समितिको कार्यसफताको शुभकामना दिएका थिए ।
नव निर्वाचित अध्यक्ष चुरा बहादुर खड्का (जीवन) ले सम्पूर्ण वडा प्रतिनिधिले छिटो भन्दा छिटो कार्य प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो ।
हिजोका दिनमा केही निक्रिय देखिएको भए पनि स्थानीय तहमा अब नयाँ कार्यसमितिले नगरभित्र आफ्नो सक्रियतालाई प्रभावकारी बनाउने अध्यक्ष खडकाले प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रम शिवराज नगर इन्चार्ज करम हुसेनको अध्यक्षता र बालाराम बुढाको संचालनमा सम्पन्न भएको थियो ।












प्रतिक्रिया