१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री र एमालेको कुराकानीबाट कांग्रेस डराउनु पर्दैन : रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको कुराकानी र सम्वादनलाई लिएर नेपाली कांग्रेस डराउनु नपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान कुरागर्दै उपाध्यक्ष रावलले नियमित राजनीतिक कुराकानी अन्तर्गत एमाले र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालसँग परामर्श भएको दाबी गरे । ‘प्रधानमन्त्रीसँग एमाले अध्यक्ष केपी ओलीको भेटवार्तालाई लिएर धेरै आशंका गर्नु पर्दैन’, उनले भने, ‘कांग्रेसँग पनि हामी निरन्तर छलफलमा छौँ ।’

दलहरूका बीच राम्रो सम्बन्ध हुन थालेको बताएका एमाले उपाध्यक्ष रावलले भने, ‘प्रधानमन्त्री र केपी ओलीबीच निर्वाचनका विषयमा कुराकानी मात्रै भएको छ ।’

एमाले उपाध्यक्ष रावलले प्रधानमन्त्रीलाई वैशाखको पहिलोसाताभित्र निर्वाचन गर्न अध्यक्ष केपी ओलीले सुझाव दिएको बताए ।