१३ कार्तिक २०८३, शुक्रबार

सुन तस्करीमा संलग्नहरूको भागाभाग, पाँच जनाले देशै छाडे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका हुन् ।

‘पक्राउ परेकाको बयानका आधारमा पाँच जना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहे पनि समाउन सकिएको छैन’, ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिए पनि उनीहरु केही समययता घरमा छैनन् ।

आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरीको दाबी सुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ ।

पाँच जनाको परिचय खुलेको र उनीहरु नेपालमा नरहेको स्रोतले बताएको छ ।