१३ कार्तिक २०८३, शुक्रबार

ओलीका प्रश्न, प्रचण्डको जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास ललितपुरमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीच भएको सम्वादलाई नयाँपत्रिका दैनिकले छापेको छ ।

एमाले अध्यक्ष केपी ओली : निर्वाचनको मिति घोषणा गर्ने कुरा मात्र आइरहेको छ । तर, घोषणा गर्नुहुन्न । सरकारले किन मिति घोषणामा ढिलाइ गरिरहेको हो ? पहिले तत्काल निर्वाचनको मिति घोषणा गर्नुहोस् । त्यसपछि संविधान कार्यान्वयनको दिशामा देश अगाडि बढ्छ । संविधान संशोधनमा नै तपाईंहरूको चिन्ता हो भने पहिले निर्वाचनको मिति घोषणा गर्नुहोस् अनि संशोधनमा छलफल अगाडि बढाउनुहोस् । निर्वाचनको मिति घोषणा गर्छौँ भनेर मात्र हुँदैन । हामीलाई विश्वास छैन । अहिले पनि फागुन पहिलो साता भन्नुभयो । कसरी विश्वास गर्ने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल: निर्वाचनको मिति छिटो घोषणा गर्ने पक्षमा म छु । तपाईंहरूले निर्वाचनका सवालमा देखाइरहनुभएको चिन्ताप्रति म पनि सहमत छु । फागुनको पहिलो सातासम्म पनि मिति घोषणा गरिएन भने अप्ठ्यारा र जटिलताहरू आउँछन् । निर्वाचनको वातावरण बनाउन तपाईंहरू पनि सघाउनुस् । मधेसीलाई पनि सहमतिमा ल्याई निर्वाचनको वातावरण बनाऔँ । त्यसका लागि संसद्मा रहेको संविधान संशोधन विधेयकमा तपाईंहरूले पनि सघाउनुप-यो । निर्वाचनका लागि वातावरण निर्माण गर्नु ठूलो कुरा हो ।