१९ कार्तिक २०८३, बिहिबार

स्ववियु निर्वाचन राष्ट्रवादी र राष्ट्रघाति शक्तिबीच लडाइँ हुन्छः रवीन्द्र अधिकारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । नेकपा एमालेका युवा नेता एवं संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले आसन्न स्ववियु निर्वाचनमा राष्ट्रवादी र राष्ट्रघाति शक्तिबीच लडाइँ हुने बताएका छन् ।

अनेरास्ववियु आरआर क्याम्पस कमिटीको आयोजनामा शुक्रबार क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले फागुन १४ को स्ववियु निर्वाचनमा राष्ट्रवादी र राष्ट्रघाती शक्तिका बीच लडाइँ हुने बताएका हुन् ।

नेकपा एमालेले भारतको नाकाबन्दीसंग लड्न उत्तरतर्फका नाका खोलेको तर वर्तमान सरकारले ती नाका बन्द गर्न भारतीय शासकसंग लम्पसार परिरहेको बताउँदै उनले राष्ट्रियता जोगाउन युवाहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्याम्पसका पूर्व स्ववियु सभापति बालगोपाल उपाध्याय र नवराज पौडेलले स्ववियु अनेरास्ववियुले जित्नुपर्ने कारणबारे विद्यार्थीलाई स्पष्ट पारेका थिए ।

कार्यकर्ता भेलाको अध्यक्षता अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष तपेन्द्र जंग शाहीले गरेका थिए । कमिटीका उपाध्यक्ष नारायण शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव श्रीकृष्ण उप्रेतीले गरेका थिए ।

आरआर क्याम्पसमा अनेरास्ववियुबाट ईकाई अध्यक्ष तपेन्द्र जंग शाही, विद्यार्थी नेता अशोक थापा र ईकाई सचिव श्रीकृष्ण उप्रेती स्ववियु सभापतिका सम्भावित उम्मेदवार हुन् ।

तस्वीरः केबी साउदबाट ।