काभ्रे, २८ माघ । २०७२ साल बैशाख १२ गतेको भुकम्पपछि भूकम्प पीडितका लागि काम गर्ने नाममा भित्रिएका गैरसरकारी संस्थाहरुले विभिन्न बहानामा लुट मच्चाइ रहेका छन् ।
भूकम्प पिडितका लागि बस्ने आवास निमार्ण गरिदिने नाममा जिल्ला भित्रिएको कारदास नेपाल नामक एक गैरसरकारी संस्थाले निर्माण गरिदिएको आवास नै भुकम्प प्रतिरोध नभएको पाइएको छ । काभ्रे बल्थली ४ कोलभञ्याङकी कृष्णकुमारी विक त एउटी प्रतिनीधि पात्र मात्रै हुन् ।
२०७२ साल बैशाख १२ को भुकम्प पछि पुनर्निर्माणका लागि भन्दै काभे जिल्ला भित्रिएको कारीटास नेपाल नामक एक गैरसरकारी संस्थाले कृष्णकुमारीको गरिबि, बृद्धाअवस्था र बेसाहाराको मौका छोप्दै भुकम्प प्रतिरोधि घर बनाइदिने नाममा लाखौ रकम हिनामिना गरेको पाइएको छ । भूकम्प पछि पुनर्निर्माण गर्न बल्थली आएको कारीदास नेपाल नामको संस्थाले भुकम्प प्रतिरोधि घर बनाइदिने भन्दै उनको परिस्थिती माथी खेलेको छ । ६७ वर्षीय यि बेसाहारा बृद्धाको नाममा ५ लाख ३६ हजार ९ सय २४ रुपैया लगानी गरेर बनाएको घर नत भुकम्प प्रतिरोधी नै बन्न सक्यो नत उनको मन जित्ने नै ।

सरकारी मापदण्ड नै नपुग्ने गरि कारीदास नेपालले कृष्णकुमारीका नाममा बनाएको घर निमार्ण हुनु पहिले उनलाई दिएको आस्वासन अनुसार बन्न नसक्दा उनी समस्यामा परेकी बताउछिन् । गैरसकारी संस्थाले घर बनाइ दिएपछि सरकारी निकायबाट आउने अनुदान समेत नपउने प्रावधान रहेको छ । जसले गर्दा, उनले सोचेजस्तो र कारीदासले भने जस्तो घर अब उनको यो जुनिमा नबन्ने निश्चित छ । ढुङ्गा माटोले छापारे बनाएको कृष्णकुमारीको घरको दास्रो तल्ला जस्ताले माटो राखेर छापिएको छ । कमसल ढुङगा माटोमा लिविनले छोपेर १ महिना अगाडी हस्तान्तरण गरिएको भएपनि अहिले भुकम्पले छियाछिया बनाएको जस्तै देखिन्छ .कृष्णकुमारीले एकतले कच्ची घर बन्छ र यस्तो समस्यामा परिन्छ भन्ने सोचेकी समेत थिइनन् । ।,नमुना घर बनाउने नाममा पछिल्लो समय कारदास नेपालले काभ्रेको बल्थली र चण्डेनीमण्डनमा पुनर्निर्माणको काम गरि रहेको छ ।
सरकारी निकायबाट कारीदास नेपालले गरेको पुनरनिमार्णको कुनै अनुगमन भने हुन सकेको छैन् । उता कारीदासका स्थानिय सहजकर्ताहरु भने कृष्णकुमारीको घर सरकारी मापदण्ड अनुसार नै बनाएको बताउन पछि पर्दैनन् । कृष्णकुमारीले समेत यो एकतले घर बनाउन २२ हजार रुपैया खर्च गरेकी छन् । गरिबी र बेसाहारा माथी यतिबेला कारीदासले ठुलै लुट मञ्चाएको छ । आखिर कृष्णकुमारी विकको घाउमा अब कस्ले लगाउ छ मलम ?













प्रतिक्रिया