३१ आश्विन २०८३, शनिबार

मलेसियामा एक नेपालीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २८ माघ । वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ ।

बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए ।

मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा मण्डल कार्यरत थिए ।

उनको कुन कारणले कसरी मृत्यु भएको खुल्न नसकेको बताइएको छ । यसअघि १० दिन अगाडि सप्तरीकै एक व्यक्तिको पनि साउदी अरेबियामा मृत्यु भएको थियो ।

दुबै मृतकका परिवारले शव नेपाल ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई आग्रह गरेका छन् । रासस