काठमाडौं, २८ माघ । छुट्टाछुट्टै ठाउँमा लागूऔधत सहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालय काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–३४ शान्तिनगर बस्ने २१ बर्षीय किसन सुनामलाई लागूऔषध सहित पक्राउ गरेको छ । उनको साथबाट फेनारगन, नोरफिन र डाईजोपामका ४१/४१ एम्पुल बरामद गरेको छ ।
शान्तिनगरस्थित सुकुम्बासी बस्ती नजिक महानगरीय प्रहरी वृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले स्विप अप्रेशनको क्रममा उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, बिरगञ्ज प्रहरीले पनि बिरगञ्ज उपमहानगरपालिका–२९ बस्ने १८ बर्षीय सरोज देवानलाई लागूऔषध १६ ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ ।
बिरगंज उपमहानगरपालिका–२४ परवानीपुरस्थित प्रहरी चौकी परवानीपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा देवानको साथबाट लागूऔषध बरामद भएको थियो । यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया