१९ कार्तिक २०८३, बिहिबार

रेडक्रस कास्कीकोट उप शाखामा पुनः त्रिपाठी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा २८ माघ । कास्कीकोट रेडक्रस उप शाखाको सभापतिमा ठाकुर प्रसाद त्रिपाठी पुनः निर्वाचित भएका छन् ।

कास्कीकोट रेडक्रस उप शाखाको तेह्रौ वार्षिक सभा तथा सातौ अधिवेशनले पुनः तेस्रो कार्यकालका लागि त्रिपाठीसहित आगामी चार वर्षका लागि १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कास्कीकोट उप शाखाले आफ्नो सातौ अधिवेशनमा कोषाअध्यक्ष विषणु कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उप सभापती खेमनाथ तिमिल्सीनाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी डण्डराज शर्माले रेडक्रस सधैको आपतकालीन अवस्थामा तयार रहन आग्रह गर्दै मानवताको क्षेत्रमा सधै क्रियासील रहन आग्रर्ह गरेका थिए ।

सर्वसम्मत चयन भएका सदस्यहरुमा खेमनाथ तिमील्सीना, बाबुराम भुजेल, धर्म गिरी, लक्ष्मण गिरी, होमनाथ भटराई, विष्णुकुमार श्रेष्ठ, मोहन गिरी र सुनकुमारी भुजेल रहेका छन् ।

पछि एक सदस्य मनोनित गरीने कार्यक्रममा कास्कीकोट गावीस निपार्चन मण्लका मोहन सिंहलाई सम्मान गरिएको थियो ।