
जनकपुर, २८ माघ । नापी कार्यालय धनुषामा बिहीबार सेवाग्राही र कर्मचारीबीच कुटाकुट भएको छ ।
दुई सेवाग्रहाी घाइते भएका छन् । कार्यालय प्रमुखलाई सामान्य चोट लागेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
जग्गाको नक्सा लिन कार्यालय पुगेका जनकपुर १२ का ललनप्रसाद साहलाई कार्यालय प्रमुख सुरेश जोशीको नेतृत्वमा कर्मचारीले कुटपिट गरेको ललनका छोरा अमितको आरोप छ ।
बाबुले छिटो काम गरिदिनुपर्यो भनेर जोडले बोल्दा कर्मचारीले कुटपिट गरे । छोरा अभितले भने । कार्यालय प्रमुख जोशीले सेवाग्राही ललनप्रसाद साहले कर्मचारीहरुलाई गालीगलौज गर्दा हात हालाहाल भएको बताए ।












प्रतिक्रिया