१ कार्तिक २०८३, शनिबार

मृत्युलाई जितेको मान्छेले खुट्टा कमाउँदैनः डा. बाबुराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं, २ असोज । वैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले  संविधान निर्माणका क्रममा खुट्टा नकमाउने दाबी गर्नुभएको छ ।

समितिले संविधानसभामा पेश गरेको प्रतिवेदनमाथिको छलफलमा सभासदहरुले उठाएका विषयहरुको जवाफ दिँदै बिहीबार संविधानसभामा उहाँले यस्तो बताउनु भएको हो ।

एमाओवादी नेता समेत रहनु भएका भट्टराईले छलफलका क्रममा सभासदहरुले खुट्टा नकमाउनुस्, हामी साथ दिन्छौं भनेको स्मरण गर्दै भन्नुभयो, ‘म खुट्टा कमाउनेवाला मान्छे परिँन । किनकि मान्छेलाई सबैभन्दा ठूलो डर मृत्युको हुन्छ, जसले मृत्युलाई जितेको हुन्छ, त्यो कसैसँग पनि डराउँदैन ।त्यसैले हामीले डराउन आवश्यक छैन ।’

त्यसैगरी बैठकमा संविधान निर्माणकाक्रममा देखिएका विवादित विषयमा सहमति जुटाउनका लागि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई आश्विन १४ गतेसम्मको म्याद थप गरिएको छ  ।

संविधानसभाको बैठकमा सभाध्यक्ष सुभासचन्द्र नेम्वाङले माघ ८ गते संविधान जारी गर्नुको कुनै विकल्प नभएको भन्दै यस समयसीमालाई भने प्रभावित नगर्ने भन्दै समय थपको प्रस्ताव गर्नुभएको थियो ।