
अमेरिका । अमेरिकामा युवाहरुको आयोजनामा हुने दोस्रो नेप्लीज अमेरिकन कन्भेन्सन २०१७ यसपटक टेक्ससको डल्लासमा हुने भएको छ ।
आगामी जुन ३० देखि जुलाई २ तारिखसम्म हुने सम्मेलन आयोजना गर्न लागिएको संयोजक बास विस्सुले दैनिक नेपाललाई जानकारी दिए । गतवर्ष लस एन्जलसमा सम्पन्न पहिलो सम्मेलनलाई निरन्तर दिँदै युवाहरुकै संयोजनमा यो सम्मेलन गर्न लागिएको हो । खेलकुदलाई बिशेष प्राथमिकतासहित आयोजना गर्न लागिएको यस सम्मेलनमा गतबर्ष भन्दा बढी नगद पुरस्कार राखिएको छ । अमेरिकाभर रहेका खेलकुद टिमका कप्तान, मनोरन्जनात्मक कार्यमा लागेका सक्षम युवाहरुसहितको टिमको कार्यक्रममा सहभागिता रहने बताइएको छ । यसबर्ष केही नयाँ सदस्यहरुलाई पनि आयोजक समितिमा समेट्न लागेको संयोजक बिस्सुले जानकारी दिए ।
खेलकुदसहित कल्चुरल कार्यक्रम, फेसन सो, कन्सर्ट, डीजे लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु यसबर्ष पनि समेट्ने बताइएको छ ।















प्रतिक्रिया