१९ कार्तिक २०८३, बिहिबार

भोडहाको मन्दिर निर्माणका लागि सांसद पौडेलद्वारा २ लाख विनियोजन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, २६ माघ । पूर्व युवा तथा खेलकुद मन्त्री एबम् बारा क्षेत्र नं ६ का सांसद पुरुषोतम पौडेलले बाराको भोडहामा रामेश्वरनाथ मन्दिरको भबन निमार्णका लागि सांसद बिकास कोष बाट २ लाख बिनियोजन गर्नु भएको छ ।

बिनियोजित रकमको सिफारिस पत्र आज एक कार्यक्रमकाबीच मन्दिरका अध्यक्ष पारसनाथ शर्मालाई एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले हस्तान्तरण गर्नु भयो । सो कार्यक्रममा बोल्दै पौडेलले बिकास निर्माणका लागि नेकपा एमाले सधै अघि रहेको बताउनुभयो ।

उहाँले सबैको साथ र सहयोग भए कुनै पनि काम गर्न समस्या नहुने बताउनुभयो । कार्यक्रममा एमाले बाराका सदस्य पुनदेब रौनियार, स्थानीय शिबबिहारि चौधरी, युवा समाजसेवी किशोर त्रिपाठी तथा बिभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिती थियो ।