– नवराज श्रेष्ठ
रामेछाप, २६ माघ । रामेछाप जिल्लाको सबै स्वास्थ्य संस्थामा सरकारले निशुल्क दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दाबी गरेको छ ।
सदरमुकाम मन्थलीमा पत्रकारहरुसंग सम्मेलन गरि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. प्रकाशप्रसाद साहले यस्तो दाबी गरेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, ३ जनस्वास्थ्य कार्यालयमा ५८ थरी, ५१ स्वास्थ्य चौकीमा ३५ थरी, १ उपस्वास्थ्य चौकीमा ३५ थरी, ८ सामुदायिक स्वास्थ्य इकाईमा ३५ थरी, ४ शहरी स्वास्थ्य केन्द्रमा ३५ थरी निःशुल्क पाइने औषधीहरु उपलब्ध गराउनुपर्ने सरकारी नियम अनुसार निःशुल्क औषधिहरु रहेको डा. साहको भनाई छ ।
जिल्लामा अहिले पुर्ण रुपमा औषधी रहेको र अहिलेको अवस्थामा चैत्र सम्म पुग्ने आफुहरुसंग औषधि रहेको उनको भनाई छ । उनले औषधि खरिदको लागि ४३ लाख अख्तियारी आएकोमा जिल्ला स्वास्थ्य कार्यालयले ६ लाखको औषधि खरिद गरेको र टेण्डर आह्वान गरि पहिलोचरणमा २४ लाख, र दोस्रो चरणमा १३ लाख को औषधि खरिद गरिएको बताए ।
उनले स्वास्थ्य क्षेत्रमा गरिएको क्रियाकलापका आधारमा मध्यमाञ्चलका १९ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयमध्य पहिलो र देशभरका जिल्ला स्वास्थ्य कार्यालयमध्य २२ औ स्थानमा जिल्ला स्वास्थ्य कार्यालय रहेको उनको भनाई छ । उनले औषधीका लागि सरकारले ९ लाख रुपैयाँ रकम थप अख्तियारी दिएको पनि बताए ।













प्रतिक्रिया