१९ कार्तिक २०८३, बिहिबार

पिछडा वर्ग महासङ्घ भक्तपुरको अध्यक्षमा ठाकुर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । नेपाल पिछडा वर्ग महासङ्घ, भक्तपुरको अध्यक्षमा जीतेन्द्र ठाकुर निर्वाचित हुनुभएको छ ।

महासङ्घको मङ्गलबार भएको चौथो जिल्ला अधिवेशनले ठाकुरको नेतृत्वमा नौ—सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासङ्घको उपाध्यक्षमा प्रभा देवी, सिकेन्दा यादव, अजय ठाकुर, रमाकान्त पण्डित, सुनौलीदेवी ठाकुर, कोसिला देवी, लक्ष्मण ठाकुर र एकलास देवी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, भक्तपुरमा नाई टेड युनियनको एक भेलाले जिल्ला कार्यसमिति गठन गरेको छ । सो भेलाले जीतेन्द्रकुमार ठाकुरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा रमाकान्त ठाकुर, सचिवमा विनोद ठाकुर, कोषाध्यक्षमा अजय ठाकुर निर्वाचित भएका छन् ।

सदस्यमा वीरेन्द्र ठाकुर, इन्दल ठाकुर, आशनारायण ठाकुर, महेश ठाकुर, कपिलदेवी ठाकुर, हरि ठाकुर, रुणजय ठाकुर निर्वाचित भएका छन् । रासस