१३ कार्तिक २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपतिका विशेष प्रतिनिधिसँग पूर्व राजाको बैंककमा रात्रिभोज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २६ माघ । पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाह विशेष राजनीतिक संवादका निम्ति गत साता थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् ।

गत बुधबार (माघ १९) गते साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङका विशेष प्रतिनिधिहरूसँग रात्रिभोजसहितको भेटवार्तापछि उनी बैंकक प्रस्थान गरेका हुन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

तत्कालीन युवराज्ञी हिमानी शाह र स्वकीय सचिवलाई साथमा लिएर बैंकक पुगेका पूर्व श्री ५ ले त्यहाँ चीन र भारतका विशेष दूतहरूसँग बेग्लाबेग्दै भेटावर्ता गरेको स्रोतले जनाएको छ ।

बैंकक प्रस्थान गर्नुअघिका केही दिनभित्र उनले नेपालमा केही राजनीतिक दलका नेताहरूसँग परामर्श गरेका थिए । उनी माघको २७ या २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

पछिल्लो समय तत्कालीन राजा ज्ञानेन्द्र शाह राष्ट्रिय मुद्दाहरूमा अलिक मुखरित भएर प्रस्तुत हुँदै आएका छन् ।