१९ कार्तिक २०८३, बिहिबार

अनलाइन पत्रिकामाथि भएको प्रहरी हस्तक्षेपप्रति युनियनको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ ।
नेपाल प्रहरीका एक उच्च अधिकारीको निर्देशनमा नेपाल टेलिकममार्फत केही अनलाईन पत्रिकाहरु बन्द भएकोप्रति नेपाल प्रेस युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आज विज्ञप्ति निकाल्दै समाचार सम्प्रेषणको विषयलाई लिएर शक्तिको दुरुपयोग गरी प्रहरीले अनलाइन पत्रिकाहरुलाई बन्द गराउने कार्यप्रति विरोध जनाएको हो ।
प्रहरीको निर्देशनमा न्युज सेवा, कर्णाली खबर, आर्थिक न्युज लगायतका अनलाइन पत्रिकाहरुलाई टेलिकमले बन्द गरेको छ । प्राधिकरणले समेत नेपाल प्रहरीको भनाइलाई शिरोधार्य गरेकोमा युनियनले आपत्ति जनाएको छ ।

संविधानले प्रत्याभुत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरि नेपाल प्रहरीले ठाडो निर्देशन दिई समाचार संस्थाहरुमा अवरोध पु¥याउने कार्यको युनियन खेद प्रकट गर्छ, विज्ञप्तिमा नभिएको छ ।

साथै समाचार संस्थाहरु निर्वाध रुपमा सञ्चालन हुने वातावरण सिर्जना गरि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक व्यवस्थाको रक्षा गर्न नेपाल प्रहरीसँग अनुरोध पनि गरिएको छ ।