१९ कार्तिक २०८३, बिहिबार

संजयलाई आइएमएस ग्रुपको १ लाखसहित ताम्रपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । अन्टारटिकाको सर्बोच्च सिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान आरोहण गरेका विश्व पर्वतारोही संजय पण्डितलाई मंगलबार आइ एम एस ग्रुपले १ लाखसहित ताम्रपत्र प्रदान गरेको छ ।

ग्रुपका अध्यक्ष दीपक मल्होत्राले उक्त रकम बराबर चेक तथा ताम्रपत्रद्वारा सम्मान गर्नु भएको थियो । संजयले सगरमाथा मनास्लुसहित विश्वका १० विश्व शिखरहरु सफलतापूर्बक आरोहण गरेका छन् । पण्डितले अफ्रीकाको शिखर किलिमन्जारो र अस्ट्रेलियाको शिखर कोजियसको उल्टो हिडेर आरोहण गरेका थिए । पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो बिस्व पर्वतारोही हुन् ।

काठमाडौँको दरबारमार्गमा आयोजित कार्यक्रममा अध्यक्ष मल्होत्राले नेपाललाई आरोहणको माध्यमबाट अन्तरास्ट्रिय क्षेत्रमा चिनाउन अहम भूमिका खेलेको हुनाले उनको साहसलाई उच्च मुल्याकन गर्दै आइ एम एस ग्रुपले सम्मान गरेको बताउनुभयो ।