३१ आश्विन २०८३, शनिबार

डीसीवासी तथा नेजाबीच अन्तर्क्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डीसी । आगामी मे महिनाको ६ र ७ का दिन हुन गइ रहेको नेपाल अमेरिका पत्रकार संघ (नेजा)को ११ औं वार्षिक साधारण सभाको लागि डीसी क्षेत्रमा रहेका नेपाली समुदाय संघ गत फेब्रुअरी ५ तारिख डीसी क्षेत्रमा रहेका नेजाका पदाधिकारी तथा सदस्यहरुको पहलमा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको सप्ताहमा हुने नेजाको ११ औं वार्षिक साधारण सभाको लागि डीसी क्षेत्रमा रहेका विभिन्न पेशा, संघ तथा संस्थाका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरुसंग रचनात्मक सरसल्लाह, सकरात्मक सुझाव, मार्गदर्शन तथा पृष्ठ पोषण (फिड ब्याक) लिइएको छ ।

आगामी सम्मेलनलाई सफलता पूर्वक सम्पन्न गर्न कसरि सकिन्छ भन्ने बारेमा नेजाका तर्फ बाट उपाध्यक्ष गुणराज लुइँटेलले संस्थाको पृष्ठभुमि, नेजाले बिगतमा हासिल गरेका उपलब्धि तथा अन्य बिषयमा संक्षेपमा चर्चा गरेका थिए ।

उपाध्यक्ष लुइँटेलले डीसी क्षेत्रमा आयोजना हुने भएकोले डीसी बासीको लागि सुवर्ण मौका हो भन्दै आफुले सक्ने प्रकारको सहयोगको अपेक्षा रहेको बताए ।

आगामी निरन्तर रुपमा यस सम्बन्धि जानकारी दिने भन्दै समुदायसंग मिलेर काम गर्ने ईक्षा भएको बताए ।

कार्यक्रममा डीसी क्षेत्रमा रहेका संचार कर्मी तथा नेजाका पदाधिकारी तथा वरिष्ठ पत्रकार योगेश उपाध्यायले मन्तब्य राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा एएनएनका तर्फ बाट कार्यबाहक अध्यक्ष खगेन्द्र अधिकारी, सान (सोसाइटी अफ अमेरिकन नेप्लिज)का अध्यक्ष मंजु संग्रौला, नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टरनेसनलका अध्यक्ष सीता पाण्डे, नेपाल अमेरिका सहयोगी संघका अध्यक्ष पदम रेग्मी, समाज सेवी प्रेम संग्रौला लगायत अन्यले सम्मेलन बारेमा बिबिध जिज्ञाशा राख्दै सम्मेलनलाई पूर्ण सहयोग गर्ने बचन बद्धता जाहेर गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा वर्तमान अमेरिकन सरकारको राष्ट्रपति परिवर्तनसंगै नेपाली पत्र पत्रिकामा समेत फरक समाचार प्रकाशितले नेपाली समुदाय समेत अन्यौलमा परेकोले यस सम्बन्धमा नेपाल अमेरिका पत्रकार संघले आधिकारिक रुपमा संघको तर्फ बाट केहि कदम चालोस भनि सुझाब समुदायले दिएका थिए ।

अमेरिकामा कागजात बिहिन नेपालीलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेश पछि निकै त्रास मय बनाएको समेत नेजालाई ध्यानकर्षण गराएको थियो ।

डीसीवासी समुदायले संचार कर्मीहरुलाई सुझाब सल्लाह दिदै समुदायका गतिबिधि ,कार्यक्रम तथा विश्वसनीय प्रकारका समाचार सम्प्रेषण गर्न समेत आग्रह गरे ।

कार्यक्रममा उपस्थित समुदायले नेपाल अमेरिका पत्रकार संघको आगामी ११ औं वार्षिक साधारण सभालाई पूर्ण सहयोग गर्ने विश्वास दिलाएका छन् ।