३१ आश्विन २०८३, शनिबार

एनआरएन अमेरिका शाखाहरूको संयुक्त बैठक, साझा उम्मेदवारी दिंने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन केही महिनापछि हुँदैछ । धमाधम सामाजिक संजालमार्फत प्रत्यासी बन्ने क्रम बढी रहेको छ ।

गत फेब्रूवरी ३,२०१७ मा अमेरीकाका विभिन्न १२ वटा शाखाहरुको बसेको बैठकले विविध विषयमा छलफल गर्दै अध्यक्षहरुले साझा उम्मेदवारी दिंने घोषणा गरेका छन् ।

साझा या प्यानल बनाएर उम्मेदवारी दिने नभई दक्षा भएका अध्यक्षहरुले आफूलाई जच्ने पदमा उम्मेदवारी दिने बैठकले सहमति गरेको मेरील्याण्ड शाखाका अध्यक्षजेदु पोखरेलले बताए ।

बैठकमा इश्वरी भट्ट, अध्यक्ष न्यूह्यामसर, रेवती राज अधिकारी अध्यक्ष नर्थ क्यारोलाइना, तेम्बा शेर्पा अध्यक्ष, न्यूयोर्क, जगनलाल श्रेष्ठ अध्यक्ष, मिचिगन, वासुदेव खनाल अध्यक्ष कोलोराडो, पूर्ण वॉनिया अध्यक्ष क्यालिफोर्निया, उत्तम लामिछाने अध्यक्ष टेक्सास, सुमन वस्ती अध्यक्ष इलिनोइज, दया शाक्य उपाध्यक्ष ओरेगन तथा ओरेगनका सचिव सुनील राज कर्णिकारको सहभागिता रहेको थियो ।

सबै राज्यहरूमा व्यापक रूपमा सदस्यता अभियान संचालन गर्ने र सकेसम्म आजीवन सदस्य वन्न जनमानसलाई प्रेरित गर्ने निर्णय पनि सो बैठकले गरेको छ ।

आगामी मार्च १७ तारीख़ शुक्रवार ,२०१७ मा एनआरएन युएसएको शाखाको भेला न्यूह्यामसायरका अध्यक्ष इश्वरी भट्टको आयोजनामा न्यूह्यामसायरमा गर्ने निर्णय गरेको छ ।

यसै गरि सम्पूर्ण शाखाहरु एकबद्ध भै अगाडि बढ्ने र भविष्यमा शाखाको विकास ,सम्बर्धन सम्बर्धन तथा प्रवर्धनमा जोड दिने समेत निर्णय गरेको छ ।

यसै गरि सहभागी भएका मध्ये लाई वैठकले आगामी केन्दिय निर्वाचनका वारेमा गहन छलफल गरिनुका साथै राष्ट्रीय समितिको निर्वाचनमा प्रत्याशी हुन् चाहने को मनासय बुझ्नु को साथै एक आपसमा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

बैठकमा उपस्थित शाखा अध्यक्षहरुमा तन,मन,बचन र कर्मले खुलेरै एक ढिक्का भई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै न्यूयोर्क शाखाका अध्यक्ष तेम्बा शेर्पाले अध्यक्षको उम्मेदवार दिने भएका छन् भने पूर्ण वानियॉ क्यालिफोर्निया शाखाका अध्यक्षले बरिष्ठ उपाध्यक्ष पदमा प्रत्यासी बन्ने भएका छन् ।

यसै गरि मेरील्याण्ड शाखाका अध्यक्ष जेदु पोख्रेल उपाध्यक्ष तथा नर्थ क्यारोलिनाका अध्यक्ष रेवती राज अधिकारीले सचिवमा उम्मेदवार दिने ईक्षा जाहेर गरेका छन् ।

यसै गरि अन्य अध्यक्षहरूले कालान्तरमा आफ्नो उम्मेदवारी दिने बताएका थिए भने बैठकले आगामी दिनहरूमा कार्य सम्पादन गर्न सरल होस् भनि सचिवालयको स्थापना गरेका छन् ।

न्यूह्यामसायर शाखाका अध्यक्ष इश्वरी भट्ट प्रवक्ता छन् भने सदस्यहरुमा सुमन वस्ती ईलोनोयका अध्यक्ष ,टेक्सासका अध्यक्ष उत्तम लामिछाने सदस्य तथा ओरेगनका उपाध्यक्ष दया शाक्य सदस्य रहेका छन् ि

बैठकमा कनेक्टिकट र जर्जिया शाखा कारणवस उक्त बैठकमा अनुपस्थिति रहेका थिए भने बैठकले गरेको निर्णयहरुलाई आफ्नो समर्थन गरेको जनाएको बताईएको छ ।