
काठमाडौं, २५ माघ । संविधान संशोधन विधेयकलाई लिएर दलहरूबीच आरोप प्रत्यारोप चलिरहेका बेला हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले मधेस केन्द्रित दलहरूका कारण गणतनत्रको देहावसान हुने निश्चित रहेको बताएका छन् ।
मधेसी मोर्चाका केही नेताहरूको गलत रवैयाको कटु आलोचक अध्यक्ष ठाकुरले गणतन्त्रको बाधक मधेसी दलहरू नै रहेको आक्षेप लगाएका हुन् ।
सामाजिक सञ्जालमा सन्देश लेख्दै अध्यक्ष ठाकुरले ‘मधेसवादी दलकै कारण देशमा गणतन्त्रको देहावसान हुने निश्चित छ । राजनीतिक परिवर्तनको लागि तयार हुन आग्रह’ भन्ने अभिव्यक्ति दिएका हुन् ।
मुलुकलाई हिन्दूराज्य घोषणा गराउने अभियानमा लागेका संघका अध्यक्ष ठाकुरले यसअघि पनि मधेस केन्द्रित दलहरूको गतल नीतिले मधेस आन्दोलन निष्कर्षमा नपुगेको कठोर टिप्पणी गरेका थिए ।












प्रतिक्रिया