१९ कार्तिक २०८३, बिहिबार

पारसको पेस्तोल नेपालगञ्जमा समातियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेपालगञ्ज उप–महानगरपालिका स्थित जमुनाहबाट १९ वर्षीय सदाव पठान पेस्तोलसहित पक्राउ परेका छन् । काठमाडौं बस्ने पारस तामाङले मगाएको पेस्तोल लिएर आउँदै पठानलाई नेपाल भारतको बोर्डर साइडबाट पक्राउ गरिएको हो ।

लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले लागु औषध रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका पठानबाट दुई पुरिया ब्राउन सुगर सहित पेस्तोल पनि फेला परेको थियो ।

५४ एमएमको अमेरिकन पेस्तोल र तीन राउण्ड गोली बोकेका पठान काठमाडौं आउँदै थिए । उनले उक्त पेस्तोल काठमाडौंका पारस तामाङले मगाएको बयान दिएका छन् ।

लागु औषधको नशामा फेला परेका पठानले उक्त पेस्तोल कहाँबाट कत्ति मुल्य तिरेर ल्याएको भन्नेबारे अझै खुल्न नसकेको उल्लेख गर्दै बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।