रुपन्देही, २४ माघ । बुटवलमा एक युवतीमाथि एसिड प्रहार गरिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार एसिड प्रहार गरी गम्भीर घाईते बनाएको अभियोगमा धादिङ नौबिसे–१ बस्ने २८ वर्षीय सुनिल कोइरालालाई आइतबार प्रहरीले बुटवल–६ स्थित मेरिडियन होटेलबाट पक्राउ गरेको छ ।
कोइरालाले प्रेम सम्बन्धमा खटपट भएको कारण उक्त होटेलको कोठा नम्बर १०३ मा सँगै बसेकी नवलपरासी गैंडाकोट–५ बस्ने २७ वर्षीया तुलसा सापकोटलाई अनुहार, टाउको र शरिरमा एसिड प्रहार गरेका थिए । घाइते सापकोटाको लुम्बिनी अंचल अस्पतल बुटवलमा उपचार भइरहेको छ ।
साथै प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी सापकोटाकी सानीआमा काठमाडौं–७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया