१९ कार्तिक २०८३, बिहिबार

अस्पतालमा निःशुल्क वाइफाई विस्तार गर्न निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले अस्पतालमा निःशुल्क वाइफाई सेवा विस्तार गर्न निर्देशन दिएका छन् ।

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अस्पतालमा निःशुल्क वाइफाई सेवा विस्तार गर्न निर्देशन दिएका छन् ।

उनले अस्पताल, मेडिकल कलेज तथा अन्य शिक्षण संस्थामा निःशुल्क वाइफाईको व्यवस्था गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । अन्य क्षेत्रभन्दा स्वास्थ्य संस्था निकै संवेदनशिल क्षेत्र भएकाले त्यहाँ इन्टरनेट सुविधा हुनुपर्ने उनले बताए ।

‘अस्पतालमा उपचारका लागि आएका बिरामीका जानकारी आदान प्रदान गर्न पनि सञ्चार सेवा अतिआवश्यक हुन्छ’ उनले भने, ‘त्यसका लागि टेलिकमले काम थाल्नुपर्छ ।’

साथै उनले अस्पताल क्षेत्रमा आफ्नो नेटर्वक चुस्त राख्नसमेत निर्देशन दिएका छन् । मन्त्री कार्कीले अस्पतालमा उपचारका लागि आएका बिरामी, बिरामी कुरुवा, आफन्त, डाक्टर, नर्स, स्वास्थ्यकर्मी सबैलाई आकस्मिक अवस्थामा सूचना आदानप्रदान गर्नुपर्ने भएकाले उक्त क्षेत्रको नेटवर्क तीव्र र गुणस्तरीय बनाउन पनि आवश्यक रहेको औंल्याए ।