३१ आश्विन २०८३, शनिबार

थापा सिलिकन भ्याली अमेरिकाका लागि पर्यटन दूत नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डीसी । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समयदेखि नेपाली कला, संस्कृति तथा खेलकुदको प्रवर्धन गर्दै आएका तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल सरकारको पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्निका लागि पर्यटन दूतमा नियुक्त गरेको छ ।

नेपालको पर्यटन क्षेत्रमा थप योगदान पुगाउन र नेपाललाई पर्यटन गन्तव्यको रुपमा विकास गर्नका लागि बोर्डले थापालाई पर्यटन दूतमा नियुक्त गरेको जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको बोर्डले थापालाई गत साता पर्यटन दूतमा नियुक्त गरेको हो ।

नेपालमा २२ वर्षभन्दा बढी आइटिएफ तेक्वान्दोमा रहेका थापा अमेरिकामा पनि खेलकुदमा त्यतिकै सक्रिय छन् ।

‘म पर्यटन दूत नियुक्त हुनु अगाडि पनि नेपालको प्रवर्धनका लागि खटिरहेको थिए । नेपाल सरकारले कदर स्वरुप मलाई पर्यटन दूत नियुक्त गरेको हुन सक्छ ।’